३ बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनशन


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित




३ बुँदे सहमतिपछि निहारिका राजपुतले अनशन तोडेकी छन् ।

१७ दिनदेखि काठमाडौँमा अनशन बसिरहेकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले सरकारसँग सहमति भएपछि हिँजो (आइतबार) बेलुकी अनशन तोडेकी हुन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने उल्लेख छ ।

शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने लगायतका माग राखेर निहारिका गत जेठ २९ गतेदेखि काठमाडौँमा अनशन बसेकी थिइन् ।

उनले राष्ट्रपति भवन शीतल निवासअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास समेत गरेकी थिइन् ।

यसअघि, निहारिकाले शिवराजविरुद्ध कारबाहीको माग गरेपनि जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दाबाट सफाई दिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।