नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही भदौ ९ गते पार्टी पुनर्गठन दिवस मनाउँदैछ ।
गत वर्षको भदौ ९ गते नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टी पुनर्गठन भएको स्मृतिमा नेकपा एसले उक्त दिन पार्टी पुनर्गठन दिवसको आयोजना गर्ने भएको हो ।
पार्टी निर्वाचन आयोगमा दर्ता भएको एक वर्ष पुगेको अवसरमा त्यस दिन पार्टी केन्द्रले विशेष कार्यक्रम गरी दिवसका रुपमा मनाउन लागेको हो ।
पार्टीका जनवर्गीय संगठन तथा सबै कमिटीले पनि उक्त दिन देशैभर कार्यक्रमको आयोजना गर्नेछन् । करिब एक वर्षको अवधिमा देशका सबै जिल्लामा संगठन विस्तार गरेको पार्टीले ७५३ पालिका तथा सबै वडामा संगठन विस्तार गर्ने क्रममा छ । नेकपा (एमाले) को वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै केही नेता तथा कार्यकर्ताले विद्रोह गरी उक्त पार्टी स्थापना गरेको थियो ।
पार्टीले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्न समय तालिका तय गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा उम्मेदवारको नाम सिफारिस गर्ने जनाइएको छ ।
जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गर्नेछ । प्रदेश कमिटीले भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गर्ने छ भने केन्द्रीय कमिटीले भदौ २० गतेभित्र निर्णय गर्नेछ ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराका पर्यटन व्यवसायीलाई धम्काएर रकम माग गर्ने २ जनालाई कास्की प्रहरीले नियन्त्रणमा…





