सिंगापुरले समलिंगी यौन सम्बन्धमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।
यसको अर्थ अब सिंगापुरमा समलिंगी सम्बन्धले कानुनी मान्यता पाउनेछ ।
समलिंगी यौन सम्बन्धको बारेमा वर्षौँदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लूंगले सरकारको यो पछिल्लो निर्णयबारे घोषणा गरेका हुन् ।
सिंगापुर पुरातन सामाजिक मूल्य मान्यताका लागि चिरपरिचित छ । तर, अधिकांश जनताले औपनिवेशकालको धारा ३७७ ए कानुनको अन्त्य गर्नुपर्ने दबाब दिँदै आएका थिए ।
भारत, ताइवान र थाइल्यान्डपछि पुरष तथा महिला समलिंगी, तेश्रो लिंगी, एवं बहुलिंगी (एलजीबीटी)को अधिकारबारे सम्बोधन गर्ने सिंगापुर एसियाको पछिल्लो मुलुक भएको छ ।
यसअघि सिंगापुर सरकारले ३७७ ए कानुनलाई अस्तित्वमै राख्ने तर त्यसलाई कार्यान्वयन नगर्ने प्रतिबद्धता जाहेर गरी दुवै पक्षलाई ठिक्क पार्न खोजेको थियो ।
सिंगापुरले सन् १९६५ मा बेलायतबाट स्वाधीनता हासिल गरेको थियो ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







