सोमालियाको राजधानी मोगादिसुको एउटा होटलमा बन्दुकधारीहरूले आक्रमण गरेको एक घातक हमलाको अन्त्य भएको छ ।
आइतबार त्यहाँका अधिकारीहरूले हमलाको अन्त्य गरेका हुन् ।
३० घण्टाभन्दा लामो समय चलेको सेनाको कारबाहीमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । अन्य धेरै घाइते भएको सोमाली अधिकारीहरूले बताएका छन् ।
मोगादिसुको हयात होटलमा शुक्रबार साँझ (स्थानीय समय) ठुलो विस्फोटबाट आक्रमण सुरु भएको थियो । प्रहरीले आक्रमण कसरी भयो भन्ने विस्तृत विवरण खुलाएको छैन । कति बन्दुकधारी होटलमा प्रवेश गरेका थिए भन्ने खुल्न नसकेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेस (एपी)ले जनाएको छ ।
होटलका प्रबन्धक इस्माइल अब्दीले सुरक्षा बलहरू अझै क्षेत्र खाली गर्न काम गरिरहेका बताए ।
अल–कायदासँगको सम्बन्ध रहेको इस्लामिक चरमपन्थी समूह अल–शबाबले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । जुन सरकारी अधिकारीहरूले भ्रमण गरेका ठाउँहरूमा हमला गर्ने पछिल्लो प्रयासको रूपमा रहेको एपीको टिप्पणी छ ।
नेता हसन शेख मोहमुदले मे महिनामा सत्ता सम्हालेपछि होटलमा भएको आक्रमण मोगादिसुमा भएको पहिलो ठूलो आतंककारी घटना हो ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणको निन्दा गर्दै एक विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा सोमालियाका जनतालाई ‘आतंकवादविरुद्धको लडाइँ र शान्तितर्फको उनीहरूको मार्चमा’ राष्ट्र संघले समर्थन गर्ने उल्लेख छ ।
एपी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







