आगामी १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपको ट्रफी टुर अहिले जारी छ ।
यसै क्रममा नेपाल आइपुग्ने ट्रफीलाई नेपालको विभिन्न भागमा लगिने जनाइएको छ ।
मुख्य रुपमा यो पटक ट्रफिलाई सगरमाथाको आधार शिविरमा लगिने जनाइएको छ ।
३० अगस्ट अर्थात् १४ भदौमा विश्वकपको ट्रफी नेपाल आइ पुग्नेछ । नेपालमा दुई दिन राखिने ट्रफीलाई सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म लगिने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो ।
क्यानले जनाएअनुसार १५ भदौमा ट्रफीलाई आधार शिविर लगिनेछ ।
उनले ट्रफीलाई विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रका रुपमा रहेको भक्तपुर दरबार स्क्वायर तथा जनकपुरधाममा समेत प्रदर्शनीका लागि लगिने तयारी गरेको क्यानले जनाएको छ । नेपालबाट ट्रफी सिंगापुर लगिने तालिका रहेको छ । ८ जुलाईदेखि सुरु भएको ट्रफी टुर १६ अक्टोबरमा अन्त्य हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







