विराटनगर । राजनीतिक क्षेत्रमा आफूलाई अब्बल सावित गर्ने मोरङका एक राजनीतिककर्मी कृषि पेसालाई पनि आगाडि बढाएका छन । विराटनगर महानगरपालिका कञ्चनबारी निवासी प्रदेश नं १ प्रदेश सभा सदस्य चुमनारायण तवदारले राजनीतिसँगै कृषि पेसालाई अगाल्नुको कारण राजनीतिक क्षेत्रलाई अझ बलियो बनाउने उनको धारणा छ ।
इमानको राजनीतिक गर्दा हुने खर्च जुटाउन कृषि पेसा अपनाएको र यसैका माध्यमबाट आफ्ना निर्वाचन क्षेत्रमा विकास र जनताको सेवालाई अझ प्रभावकारी ढङ्गले लैजाने उनले स्पष्ट पारे । उनी मोरङ निर्वाचन क्षेत्र नं ६ ९क० का प्रदेश सभाका निर्वाचित सदस्य छन ।
राजनीतिक पृष्ठभूमि बोकेका प्रदेशसभा सदस्य तवदार विगत लामो समयदेखि मोरङ केन्द्रित राजनीतिक गरिरहेका छन । पछिल्लो समयमा विराटनगर महानगरपालिकादेखि १८ किमी उत्तर बूढीगङ्गा गाउँपालिका–६ कोइलपुरमा उनले विराट कर्मसियल एग्रिकल्चर एण्ड इन्भारोमेन्ट कम्पनी प्रालि तवदार फार्म सञ्चालनमा ल्याई माछाका भुरा उत्पादन कार्य सुरु गरेका छन ।
व्यावसायिक रुपमा माछाका भुरा उत्पादन गर्न थालेपछि उनले पहिलो पटक रु पाँच लाखका र दोस्रो पटक रु २५ लाखका माछाका भुरा बिक्री गर्न सफल भएका छन । अहिले माछाका भुरा उत्पादन गर्न थालेपछि यस व्यवसायमा लाग्ने किसानलाई राहत भएको छ ।
ठूलो मात्रामा भुरा उत्पादन गर्न उनले १० बिघा १० कठ्ठा जग्गामा २३ वटा पोखरी खनेका छन । उनले यो व्यवसाय अङगालेको आठ वर्ष भयो । एक पटकमा १० लाख भुरा उत्पादन गर्ने संरचना निर्माण गरेका तवदारले प्रत्येक भुरा रु दुईका दरले बिक्री गरेका छन ।
सोह्र घण्टादेखि २४ घण्टामा माछाका भुरा निस्कने र छ दिनपछि बिक्री योग्य बन्ने रेहु, भाकुर, ग्रास कार्प, कमल कार्प, नैनी जस्ता जातका माछा उत्पादन हुने गरेको छ । तवदारले माछाका भुरा उत्पादन गर्न विशेषज्ञका रुपमा नेपाल सरकारका पूर्व मत्स्य विकास अधिकृत कर्मचारी हुकुमलाल सिंहलाई कर्मचारीका रुपमा राखेका छन ।
उनको मेहनत र लगनशीलता देखेर प्रदेश सरकारले हायरिङ मत्स्य प्रजनन कार्यमा सहयोग पु¥याउने उद्देश्यले रु १५ लाख अनुदान पनि सहयोग गरेको छ । माछा पोखरीको क्षेत्र बढाउन पोखरीसँगै जोडिएको दक्षिणतर्फको खाली जग्गा खरिद गर्ने योजना बनाएका तवदारले जनतालाई आवतजावत गर्न सुविधा दिने हिसाबले पोखरी क्षेत्रको बीचबाट एउटा सार्वजनिक बाटो पनि निर्माण गरेका छन ।
चारैतिर घेरबार भए पनि बीचमा बाटो भएका कारणले जनतालाई एक गाउँबाट अर्को गाउँ जान निकै सुविधा भएको स्थानीयवासी सत्यनारायण चौधरीले जानकारी दिए । तवदारले माछाका भुरासँगै बाख्रा, हाँस, स्थानीय जातका कुखुरा र लोप हुन लागेको हराजाताको बङ्गुुर पालन पनि सुरु गरेका छन ।
पैतालीस थान बाख्रा र २० बङ्गुरसहित हजारौँको सङ्ख्यमा हाँस पोखरीमा चरण गरेको दृष्य देखेर जोकोहीको पनि मन लोभिन सक्छ । जमुनापारी र बयर बोकासँग क्रस गराउने र नश्ल सुधार भएमा यो कार्यलाई निरन्तरता दिने योजना बनाएका सदस्य तवदारको फर्ममा आठ जनाले नियमति रोजगार पाएका छन् ।
पशुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले निजी क्षेत्रबाट गरेको यस किसिमको प्रयासलाई राज्यका तर्फबाट पनि बढावा दिनुपर्ने धारणा राख्दै माछामा मात्र होइन माछाका भुरामा पनि आत्मनिर्भर बन्नुुपर्ने बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







