देउखुरी । तल सेवार खोला बगिरहेको छ । खोलाकोमाथि डिलमा ठूलो गेट छ । मूल गेटमा लेखिएको छ ः ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित द्रोपदाकुमारी लोहनी लक्ष्मीनारायण वृद्धाश्रम । मूल गेटबाटभित्र पसेपछि शान्त र आनन्ददायी वातावरणमा पुगे झैँ लाग्छ । थरीथरिका फलफूलका बिरुवा र देवदेवीका मन्दिर देखिन्छन् ।
दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेको वृद्धाश्रममा अहिले १८ वृद्धवृद्धा छन् । नौ महिला र नौ पुरुष । उनीहरूको लालनपालन, रेखदेख, स्याहारसुसार र स्वास्थ्य उपचारको व्यवस्था वृद्धाश्रमले गरिरहेको छ । वृद्धाश्रममा बस्ने अधिकांश परिवारविहीन र सहाराविहीन छन् ।
प्यूठानको खलङ्गा घर भएकी ७९ वर्षीया दिलकुमारी क्षेत्री १० वर्षदेखि वृद्धाश्रममा बस्दै आएका छन । अहिले उनको शरीर कमजोर भएको छ । श्रीमान् हुँदासम्म कुनै कुराको समस्या थिएन । श्रीमान्को कमाइबाट घर चलेको थियो । श्रीमान्को मृत्युपछि पनि उनलाई पेन्सन आउँछ । घर खर्चलाई पैसा छ । तर शरीरमा भएको तागत घट्दै गयो ।
घरको आँगन बिरानो हुन थाल्यो । घोराही उपमहानगरपालिका–१३ कलमघारीका ७४ वर्षीय श्रीधर सुनार पनि सोही आश्रममा एक वर्षदेखि बस्दै आएका छन । खुट्टाको समस्याले उनी बैसाखीको सहाराले भित्र बाहिर गरे । उनका आँखामा मोतीबिन्दु भएको थियो । गएको असार चार गते शल्यक्रिया गरेर आँखाले देख्न सक्ने भएको उनको भनाइ छ ।
उनले काम गर्न नसकेर थला पर्ने अवस्था आएपछि घरमा भएका गाईवस्तु पनि बिक्री गर्नुभयो । सानो झुपडी घर थियो । त्यो गाउँलेलाई हेरिदिन आग्रह गरेर आश्रय लिन आएको उनी बताउछन । उनका अनुसार, घरको याद गरेर मन दुखाउनुभन्दा वृद्धाश्रमका दाजुभाइसँग भलाकुसारी गरेर दिन बिताउन सजिलो भएको छ ।
रोल्पाको जुरमसिना घर भएकी ७५ वर्षीया रामकली क्षेत्री पनि सोही वृद्धाश्रममा बस्छन । उनी बस्न थालेको डेढवर्ष भयो । पाँच छोराछोरी जन्मेका थिए तर पखाला लागेर चार जना मरे । एक छोरी मात्र बाँचिन् । श्रीमान्को मृत्यु भयो । केन्द्रको कार्यसमिति अध्यक्ष भूपाल गिरी आश्रममा वृद्धवृद्धाको सेवाका लागि पाँच जना कर्मचारी राखिएको बताउछन ।
वृद्धवृद्धाको खानपानमा मासिक रु ५० हजार खर्च भइरहेको छ । आफ्नै तीन बिघा जमिनबाट आउने अन्नपात र दाताको सहयोगबाट आश्रम चलिरहेको छ । केन्द्रमा ६० वर्ष उमेर पुगेका असहाय तथा परिवारविहीन ज्येष्ठ नागरिकलाई प्रक्रिया पु¥याएर आश्रममा आश्रय दिने गरिएको छ । धेरैजसोले आफैँ खाना खाने र सरसफाइ र्गछन । एक जना अशक्तले आफ्नो काम आफैँ गर्न सक्छन । उनको स्याहार गर्नुपर्छ । पक्षघात भएका दुई र बाथका रोगी एक जना छन ।
घोराही उपमहानगरपालिकाले आश्रममा दैनिक स्वास्थ्यकर्र्मी पठाउने गरेको छ । सबै औषधि निःशुल्क दिने व्यवस्था पनि गरेको बताइएको छ ।उपमहानगरपालिकाले आश्रम सञ्चालनमा सहयोग गर्दै आएको पालिकाको महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत मोतीकुमारी विश्वकर्मा बताउछन ।
उनका अनुसार, स्वास्थ्य शाखाले स्वास्थ्यमा सहयोग गरेको छ भने महिला, बालबालिका तथा सामाजिक विकास शाखाले न्यानो कपडा वितरण तथा खाद्यान्नमा सहयोग गर्दै आएको छ ।
पछिल्लो समयका मानिस एकल परिवारमा रमाउने संस्कारको विकासले वृद्धवृद्धा हेलामा पर्ने गरेको विश्वकर्माको भनाइ छ । दाङमा हाल घोराहीको तेरौटे, देउखुरीको सुनडवरी र तुलसीपुर गरी तीन स्थानमा वृद्धाश्रम खोलिएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







