कोभिड–१९ : छ सय ५८ सङ्क्रमित


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित





काठमाडौँ । कोरोना भाइरसबाट आज छ सय ५८ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार छ सय ४३ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ९६ पुगेको छ । आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ५६ जना घर फर्किएका छन् । यस अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ९३ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भइसकेको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, कालिकोट, मुगु र डोल्पा रहेका छन् ।

हाल होम आइसोलेसनमा चार हजार एक सय ३४, संस्थागत आइसोलेसनमा एक सय ६२, सघन उपचार कक्ष आइसियुमा ५० र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ३८ हजार १५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।