पोखरा । पोखराको प्रतिष्ठित व्यवसायी सेतेलाल बिजुक्छेको सोमबार निधन भएको छ । ८१ वर्षको उमेरमा उनको उपचारक्रममा पोखराको चरक मेमोरियल अस्पतालमा निधन भएको हो । एक महिनायता उनी निमोनियाबाट ग्रसित थिए ।
पोखरा–८, आलुमाइला चोकका रत्नलाल बिजुक्छे (आलु माइला) का उनी ज्येष्ठ सुपुत्र हुन् । स्व। सेतेलालका श्रीमती सेतुली बिजुक्छे तथा ४ जना छोराहरु (श्याम, नारायण, मुक्ति र विनोद बिजुक्छे) तथा ३ छोरीहरु (सीता, मीरा र रेखा) छन् । उनी विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा आबद्ध थिए । उनी जनप्रिय बहुमुखी क्याम्पसको सम्मानार्थ संस्थापक संरक्षक, जाल्पादेवी तायमचा समितिका सल्लाहकार, जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका सल्लाहकार थिए । उनी सादा जीवन उच्च बिचारका अनुयायी थिए । जीवनको अन्तिम क्षणसम्म पनि उनी व्यवसायमा क्रियाशील रहेको उनका भतिज सिर्जना विकास केन्द्रका पूर्व अध्यक्ष विश्व बिजुक्छेले बताए ।
आलु माहिला भनेर चिनिने रत्नलालका ३ छोराहरुमा सेतेलालसहित बलबहादुर र हेमकुमार बिजुक्छे हुन् । एक छोरी सूर्यमाया छन् । स्व. सेतेतालका भाइ बलबहादुर बिजुक्छे पूर्व वडाध्यक्ष हुन् ।
स्व. सेतेलालका बाबु रत्नलाल पोखराका पुराना व्यवसायी थिए । उनले व्यवसायका क्रममा आलु बेच्ने हुनाले सो चोकको नाम नै आलु माइला चोकले नै चर्तित छ । हाल नातिहरुले नजिकैको नयाँ घरमा आधुनिक शैलीमा ”आलु माइला ट्रेडर्स” संचालन गरेका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







