आज नेपाल बन्द


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित




विभिन्न ४ दलले आज (मंगलबार) नेपाल बन्दको घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न ४ दलले नेपाल बन्दको घोषणा गरेका हुन् ।

सरकार र पार्टीबीच भएको ३ बुँदे सहमति उल्लंघन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, महँगी, राष्ट्रघाती सन्धी र सम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले नेपाल बन्दको घोषणा गरेका हुन् ।

यसअघि नै ति राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती निकाल्दै ‘भदौ ७ गते बेपाल बन्दको आयोजना गरिएकाले विगतका दिनहरुमा जस्तै यो पटक पनि यहाँहरुको संघसंस्थाबाट आवश्यक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’

महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहूति र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णबहादुर बुढाथोकीको विज्ञप्तीमा हस्ताक्षर रहेको छ ।

ती पार्टीले ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् । आफूहरू एमसीसी सम्झौता र एएसपीपी परियोजनाका विरुद्धमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ । उनीहरूले राष्ट्रहितविरुद्धका असमान सन्धी–सम्झौताहरू खारेजीको माग पनि अघि सारेका छन् ।

नेपाल बन्दको पूर्व सन्ध्यामा सोमबार बेलुकी विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौं लगायत देशको विभिन्न स्थानबाट मसाल जुलुस निकालेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।