नेपाली क्रिकेट टोलीलाई केन्या भ्रमणका लागि क्यानले बिदाई गरेको छ ।
एक कार्यक्रम गर्दै क्यानले नेपाली टोलीको बिदाइ गरेको हो ।
नेपाली टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशनसिंह, क्यानका सदस्य दुर्गाराज पाठक लगायतले बिदाइ गरेका हुन् ।
केन्या भ्रमणमा नेपालले पाँच टी–२० आई र तीन एक दिवसीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोली केन्या जाने छ । नेपालले टी–२० वरियताको सुधारका लागि केन्यासँग खेल्न लागेको र सुधार भएको खण्डमा नेपालले आउँदो टी–२० विश्वकप खेल्ने सम्भावना रहेको अध्यक्ष चन्दले जानकारी दिएका छन् ।
नोभेम्बर १५ सम्ममा नेपाल टी–२० वरियतामा १२ भित्र पर्न सकेमा नेपालले आगामी विश्वकप खेल्न पाउनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







