काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले विभिन्न खेलाडीलाई प्रशिक्षण दिएकी छिन् । उनले सहभागी खेलाडीलाई ‘क्लाइम्बिङ’ गराएकी हुन् ।
क्लाइम्बिङ खेललाई प्रवद्र्धन गर्न आइतबारदेखि राजधानीमा प्रारम्भ भएको साताब्यापी अभ्यासका क्रममा महर्जनले सोमबार खेलाडीलाई क्लाइम्बिङ गराएकी हुन् । धुम्बाराहीस्थित पासाङ ल्हामु स्पोटस र क्लाइम्बिङमा अभ्यास गराइएको हो ।
‘संस्कृति र साहससँगसँगै’ नाराका साथ ‘तीज अन दी वाल’ कार्यक्रमका क्रममा खेलाडीलाई क्लाइम्बिङ गराइएको ‘क्लाइम्बिङ स्पोटर्स् एसोसिएसनका अध्यक्ष हरि घरलेले जानकारी दिए । तीजलाई फरक ढङ्गमा मनाउने उद्देश्यका साथ एकसाताको ‘तीज अन दी वाल’ सुरु गरिएको हो ।
कार्यक्रमअन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका व्यक्तिलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम तय गरिएको उनले बताए । गत वर्षदेखि तीजको अवसरमा कार्यक्रम आयोजना गरिँदै आएको आयोजकले जनाएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







