पोखरा महानगरपालिका वडा नं.२८ माझठाना सौरेमा सामाजिक सुरक्षा सचेतना एवं अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
शान्तिका लागि साझा अभियान ( कोक्याप) गण्डकी प्रदेशले आयोजना गरेको उक्त अभिमुखिकरण कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले सिकेका कुराहरुलाई आफ्नो टोल, गाउँ छरछिमेकमा व्यवहारमा लागु गर्न आग्रह गरे ।
वडावासीहरु सामाजिक सुरक्षा, मानवअधिकार लगायतका विषयमा सचेत हुनु जरुरी रहेको उनले औंल्याए। सहयोगी संस्थाहरुले गर्ने विभिन्न कार्यक्रमहरुमा स्थानीय सरकारले सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।
यसैगरी, रािष्ट्रय मानवअधिकार आयोग गण्डकी प्रदेशका अधिकृत टंक खनालले राज्यले ल्याएका निति तथा कार्यक्रमहरुलाई कार्यन्वयन गर्न स्थानीय तहमा सबै नागरीकले कर्तव्यसहित अधिकारको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सहभागीको तर्फबाट रत्नशोभा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुकदेव लामिछानेले कार्यक्रम अति नै उपयोगी रहेको उल्लेख गरे ।
कोक्याप गण्डकी प्रदेश संयोजक सरु अधिकारीले कोक्यापको वारेमा चर्चा गरेकी थिइन् ।
गण्डकी प्रदेशका फोकल पर्सन सुशीला नेपालीले कार्यक्रमको सञ्चालन कोक्याप गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







