अफ्रिकी देश कंगोमा इबोला भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।
प्राप्त समाचारअनुसार त्यहाँ एकजनामा सोमबार इबोला भाइरसको संक्रमण भेटिएको हो ।
कंगोको स्वास्थ्य मन्त्रालयले कंगोको उत्तरी प्रान्त किभुमा एकजनामा इबोला भाइरसको संक्रमण देखिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
त्यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एकजना पुरुषमा इबोला भाइरसको संक्रमण देखिएको थियो । इबोलाकै कारण उनको यही अगष्ट १७ मा निधन भएको सो मन्त्रालयले जनाएको थियो ।
यसअघि पनि सन् २०१८ र सन् २०१९ मा अफ्रिकी मुलुक कंगोका दुई उत्तरी प्रान्त किभु र इतुरीमा इबोला भाइरसको ठूलो संक्रमण भेटिएको थियो ।
सो संक्रमणमा परी त्यहाँका तीन हजार आठ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए । सो दुई वर्षको अवधिमा मात्र त्यहाँका दुई हजार दुई सयभन्दा बढीको निधन पनि भएको थियो । त्यससमय अफ्रिकाका अरु देशमा पनि इबोलाको संक्रमण पाइएको थियो । त्यसमा परेर हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए ।
रासस/सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







