चोटका कारण युएस ओपन टेनिसबाट बाहिरिन् सानिया


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०७९ मा प्रकाशित




भारतीय टेनिस स्टार सानिया मिर्जाले युएस ओपन २०२२ बाट नाम फिर्ता लिएकी छन् ।

कुहिनोको चोटका कारण सानियाले यो निर्णय लिएकी हुन् ।

सानिया मिर्जाले इन्स्टाग्राममा लेखेकी छिन्, ‘यो राम्रो खबर होइन । दुई साताअघि क्यानडामा खेल्दा कुहिनोमा चोट लागेको थियो । हिजोसम्म मलाई थाहा थिएन कि, चोट यति नराम्रो छ भनेर । स्क्यान गर्दा दुर्भाग्यवश मेरो टेन्डन्स (हड्डी जोड्ने तन्तु) र मांसपेशी च्यातिएको पाइयो । म केही हप्ता खेल्न सक्दिनँ र यूएस ओपनबाट फिर्ता भएँ । यो एक धेरै खराब समय हो र मेरो सन्यास लिने योजना पनि परिवर्तन हुनेछ । यसबारे छिट्टै थाहा दिनेछु ।’

यसवर्ष अस्ट्रेलियन ओपनमा हारपछि सानिया मिर्जाले २०२२ को अन्त्यमा टेनिसबाट सन्यास लिने घोषणा गरेकी थिइन् । तर, अब उनले आफ्नो रिटायरमेन्ट प्लानमा केही परिवर्तन हुने बताएका छन् । सानियाले अब केही अन्य ठूला प्रतियोगिताको हिस्सा बनेर सन्यास लिने सक्नेछिन् ।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।