पोखराको पृथ्वीनारायण क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा देखिएको विवाद उत्कर्षतर्फ उन्मुख भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुमा उत्पन्न विवाद समूहगत लडाईंमा परिणत भएको हो ।
केहि समयअघि अनेरास्ववियूको एक समूहले विष्णु पोखरेलको अध्यक्षतामा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटी गठन गरेको थियो । सो समूहले एकलौटी रुपमा कमिटी गठन गरेको विद्रोही पक्षले आरोप लगाएको छ । विधि विधान मिच्नुका साथै आफू निकटकालाई मात्रै जिम्मेवारीमा लगेको, बैठकमा अनुपस्थितलाई जबरजस्ती पदाधिकारी बनाएकोलगायतका आरोप विद्रोही पक्षको छ ।
विद्रोही पक्षले बुधबार मिलन शाहीको अध्यक्षतामा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस सुधारात्मक कमिटी गठन गरेको छ । विधि विधानको संरक्षण गर्ने हेतुले गठन गरेको दाबी गरिएको सो कमिटीको उपाध्यक्षमा सरोज गुरुङ, सचिवमा शिव गिरी, सहसचिवमा कुशल राई, रोजी पौडेल, आशिष पौडेल र कोषाध्यक्षमा मनोज पौडेल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रोजी पौडेल, स्मृति छामिछाने, सिर्जना सुवेदी, सजनी परियार, कल्पना सुनार, दीपक बडुवाल, विशाल पौडेल, दीवस पौडेल, दीपका कँडेल, सन्देश अधिकारी, विवेक रिमाल, युवराज पुन, निर्मल तामाङ, प्रतीक्षा सुवेदी, विकल रेग्मी, नेहा गुरुङ, मनिसा सुवेदी, कृषला पाख्रेल, सरोज सापकोटा, नवीन भुषाल, सन्देश सुवेदी र मनिषा पहारी चयन भएका छन् ।
सुधारात्मक कमिटी गठन गरेको समूहले यसअघि विधिविधान मिचेर एकलौटी घोषणा गरिएको कमिटीप्रति जिल्ला, प्रदेश र केन्द्रमासमेत ध्यानाकर्षण बुझाएपनि सुनुवाई नभएपछि सुधारात्मक कमिटी गठन गर्न बाध्य भएको बताएको छ । सो समूहले नेता भन्दा नीति ठूलो, व्यक्ति भन्दा विधि ठूलो भन्ने मान्यता स्थापित गर्नका लागि पनि सुधारात्मक कमिटी गठन गरेको स्पष्ट पारेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितको उद्धार, उपचार…





