साइनिङस्टारमा विद्यार्थीको स्वागत एवं विदाई

- पोखराको पर्यटन क्षेत्रलाई दक्ष जनशक्तिको खाँचो


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित




पोखराको लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ स्कुलले विद्यार्थीहरुको स्वागत एवं विदाई गरेको छ ।

कार्यक्रममा कक्षा ११ मा भर्ना भई आएका नयाँ विद्यार्थीको स्वागत तथा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई शुभ–कामना सहित विदाई गरिएको हो ।

विद्यालय प्राचार्य अर्जुन पाण्डेले विद्यालयले शैक्षिक गतिविधीसँगै खेलकुद, मनोरन्जनात्मक कार्यक्रम तथा अन्य अतिरिक्त कार्यक्रमलाई विद्यालयले महत्व दिएको बताए ।

कार्यक्रममा बोल्दै वक्ताहरुले पोखराको पर्यटन क्षेत्रलाई दक्ष जनशक्तिको खाँचो रहेको एक कार्यक्रमका वक्ताहरुले औल्याएका छन् ।

दक्ष युवाशक्ति विदेश पलायन हुने समस्याले अब यहाँको पर्यटन क्षेत्रमा नयाँ र दक्ष जनशक्ति चाहिनेमा उनीहरुले जोड दिए ।
कार्यक्रममा बोल्दै रेवान पोखराका निवर्तमान अध्यक्ष लक्ष्मण बरालले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको निकटमा रहेको जनाए । त्यसपछि पर्यटक आगमनमा बृद्धि हुने उनले अपेक्षा प्रकट गरे । यस्तोमा यहाँ भइरहेका जनशक्तिले मात्रै नपुग्ने उनको भनाई थियो ।

त्यस्तै, युवा पर्यटन व्यवसायी बर पिपल रिसोर्टका सञ्चालक जितु गुरुङले अब स्कुल कलेजहरुले पर्यटनमैत्री शिक्षामा जोड दिनुपर्ने औल्याए । आगामी पिढीँहरुलाई संभावना नेपालमै रहेको बताए । पर्यटन क्षेत्रलाई दक्ष जनशक्ति अबका दिनमा ठूलै चुनौती हुनसक्ने बताए ।

पोखरा विश्वविद्यालयका उप–प्रध्यापक युवराज त्रिपाठीले विद्यार्थीहरुलाई कितावी ज्ञानसँगै व्यवहारिक शिक्षा पनि महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य फत्तबहादुर थापा, सल्लाहकार विष्णुहरी अधिकारी, तालबाराही मावि प्लस टु का संयोजक यदु पोखरेल, डा.सन्तोष कोइराला, एकेडमी अफ कफी एक्सीलेन्सका रिजनल म्यानेजर विनोद आचार्य, विद्यार्थीहरु प्रविणा पौडेल, सन्दिप नेवार, सेविका राई लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बविता भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।