सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आज (बिहीबार) पार्टी पुनर्गठन दिवस मनाउँदैछ ।
नेकपा (एस) का प्रवक्ता जगन्नाथ खतिवडाले बुधबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र प्राप्त भएको भदौ ९ गते पार्टी पुनर्गठनको दिवसको रुपमा मनाउन लागिएको जानकारी दिए।
गत वर्ष भदौ २ नेकपा (एमाले) बाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा समाजवादीले आयोगमा दल दताको निवेदन पेश गरेको थियो।
खतिवडाले भने, ‘पहिलो परिणाम प्रतिगमनकारी क्रियाकलाप गर्ने नेकपा (एमाले) को नेतृत्व झुण्डलाई सत्ताबाट तल झारेका छौं । देशभरीका लोकतान्त्रिक, समाजवादी शक्तिलाई एक ठाउँमा उभ्याएर, जुटाएर नेपालको संविधानलाई जोगाउने, राजनीतिक स्थायित्व प्रदान गर्ने काम गरेका छौं ।’
सोही प्रयासका कारण मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गइरहेको उनको भनाई छ । पार्टीमा हालसम्म पाँच लाख सदस्यता वितरण गरिसकेको र दुई लाखभन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आबद्ध भइसकेको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितको उद्धार, उपचार…





