कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ : नेपाल


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित




नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय संगठन विभागको आयोजनामा बुधबार केन्द्रीय विभागका प्रमुख र उप–प्रमुखको संयुक्त बैठकमा अध्यक्ष नेपालले जनतासँग जोडिएका समस्या समाधान गर्न सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताउँदै त्यसका नेता जनहितका पक्षमा संवेदनशील हुने गरेको बताए ।

जनताको मन र विश्वास जित्ने गरी जनसरोकारका क्षेत्रमा क्रियाशील रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले वाम शक्तिको एकताबाट सामाजिक रुपान्तरण तथा आर्थिक सशक्तीकरण हुने हुँदा त्यसतर्फ जनतालाई जागरुक बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा विभागका कामको संक्षिप्त रिपोटिङसहित चुनावी घोषणापत्रका लागि सुझाव संकलन गरिएको थियो । बैठकमा १७ वटा विभागले आ–आफ्ना विभागका काम र आगामी कार्ययोजनाको जानकारी गराएका थिए ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।