पेरुको उपभोक्ता संरक्षण निकायले समुद्रमा विशाल परिमाणमा तेल पोखेको भन्दै स्पेनी तेल कम्पनी रेप्सोलसँग क्षतिपूर्ति मागेको छ ।
सो घटनाको कारण गत जनवरीमा राजधानी लिमाको समुद्री तट नै पूरै कालो भएको थियो ।
पेरुले पछिल्लो समयमा भएको यो सबैभन्दा भयावह वातावरणीय दुर्घटना भएको जनाएको छ । १० हजार ब्यारेल भन्दा बढी तेल प्रशान्त महासागरमा पोखिएको हो ।
उक्त कम्पनीविरुद्ध दायर भएको सार्वजनिक मुद्दामा वातावरणीय क्षतिका लागि तीन अर्ब र स्थानीय वासिन्दाले बेहोर्नुपरेको क्षतिका लागि एक करोड ५० लाख अमेरिकी डलर माग गरिएको छ ।
तर, रेप्सोलले सो घटनाका लागि आफू जिम्मेवार नरहेको प्रतिक्रिया दिएको छ । कम्पनीले सुरुमा टोङ्गामा भएको ज्वालामुखी विस्फोटनका कारण आएको अप्रत्याशित सामुद्रिक छालको कारण तेल चुहिएको बताएको थियो । तर पछि भने सो घटनाका लागि कम्पनीले ट्यांकरलाई दोष दिएको थियो ।
पानी मुनि बिच्छाइएको कम्पनीको पाइपबाट १५ जनवरीमा तेल चुहिएको थियो । इटालियन राष्ट्रिय ध्वजावाहक ’मेर डोरिकम’ नामक एउटा ट्यांकरले रेप्सोलको ला पाम्पिल्ला प्रशोधनबाट तेल अनलोड भइरहेकोबेला यो घटना घटेको थियो ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







