महोत्तरी । महोत्तरी बर्दिबास–२ स्थित बर्दिबास अस्पतालले आइसियू ९सघन उपचार कक्ष० सेवा सञ्चालन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालले भेन्टिलेटर र आइसियू सञ्चालनका लागि दक्षजनशक्ति उपलब्ध गराउने भएपछि बर्दिबास अस्पतालमा सो सेवा विस्तार गर्न लागेको हो ।
पछिल्ला दिनमा सर्पदंशका गम्भीर प्रकृतिका बिरामी सघन उपचार सेवा नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ । बर्दिबास नगरपालिका र धुलिखेल अस्पतालबीच बर्दिबास अस्पताल सञ्चालनार्थ पाँच बर्षे आयोजनामा सम्झौता समेत भएको छ ।
ती दुई निकायबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको विकास र विस्तारसम्बन्धी १० बुँदे सम्झौता भएको हो । सम्झौतापत्रमा नगर प्रमुख क्षेत्री र धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रमका निर्देशक डा विराज कर्माचार्यले हस्ताक्षर गरेका छन ।
स्वास्थ्य सेवा कार्यक्रमको विस्तृतिकरण, प्राविधिक सहयोग, जनशक्तिलार्ई तालिम, अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाको निश्चितता र गुणस्तर कायम गर्न सहयोग गर्नुको साथै बर्दिबास अस्पतालमा आईसियू सञ्चालनका लागि तत्काल धुलिखेल अस्पतालले दक्ष चिकित्सक र आवश्यक जनशक्ति दिने र आपसी सहकार्य बढाइने उल्लेख छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







