पोखरा । पोखराका अभिषेक बाँस्तोलाले अमेरिकाको ओहायो स्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङ अन्र्तगत चौथो चरणमा प्रवेश गरेका छन् । उनी शुक्रबार अमेरिकाका म्याक्सवेल सेल्डोनसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।
बाँस्तोलाले यसअघि एक खेलमा जित निकालेका थिए भने एक खेलमा पराजय व्यहोरेका छन् । बिहीबार राति भएको तेश्रो चरणाको खेलमा उनले अमेरिकन खेलाडी जे.ट्रन्ड्सनलाई ४–६,६–० र ६–२ ले पराजित गरे । मंगलबार उनी जापानिज खेलाडी जेम्स टेर्टससंग ६–०,६–२ को सेटमा पराजित भएका थिए ।
प्रतियोगिताको विजेता खेलाडीले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइयष्ट रेटिङप्राप्त २० खेलाडी उपाधी भिडन्तमा छन् । यो स्तरको प्रतिस्पर्धामा सहभागि अभिषेक नेपालकै पहिलो खेलाडी हुन् । १५ वर्षकै उमेरमा नेपालको शिर्ष वरियता पाएका अभिषेकले एटिपी रेटिङका लागि २५ भन्दा बढि राष्ट्रहरुमा प्रतिस्पर्धा गरिसकेका छन् ।
‘प्रतियोगिताका सहभागि खेलाडीहरु म भन्दा माथिल्लो स्तरका छन्, उनीहरुसंग प्रतिस्पर्धा गर्न पाउँदा मेरो स्तर झनै सुधारिने विश्वास लिएको छु’–बास्तोलाले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







