पोखरा, भदौ ९
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द«)का महासचिव देवप्रसाद गुरुङले विरोधीको भ्रम चिर्दै चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन् । गण्डकी प्रदेशबाट केन्द«ीय समितिमा प्रतिनिधित्व गर्ने केन्द«ीय पदाधिकारी, केन्द«ीय सदस्यहरु र प्रदेश समितिका पदाधिकारीहरुको आज पोखरामा बसेको संयुुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुरुङले विरोधीले माओवादीबिरुद्ध कुप्रचार गरेकाले त्यसको भ्रम चिर्दै चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् । बैठकमा बोल्दै उनले भने,“परिर्वतनकारी शक्ति भएको र प्रतिगमनका विरुद्ध मुख्य गरी लडेको शक्ति र यसको नेतृत्वका विरुद्ध जनतामा भ्रम सिर्जना गर्ने प्रयत्न भएको छ, त्यसलाई चिर्ने कोसिस गर्नुहोला । सरकारमा रहँदा माओवादीले गरेका काम जनताको घरदैलोमा पुुगेर बुुझाउनुहोला ।”
महासचिव गुरुङले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको बताए । उनले गठबन्धनका पक्षमा माहोल बनाउन र चुनावी अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गरे ।
बैठकका पार्टीका सचिव एवम् शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले वामपन्थी पार्टीहरुमा माओवादी केन्द« पहिलो बन्ने सम्भावना रहेको बताउनुुभयो । उनले माओवादीबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरुले देश र जनताका पक्षमा धेरैनै सकारात्मक काम गरेको जिकीर गरे ।
पार्टीका अर्का सचिव दीननाथ शर्मा, स्थायी कमिटी सदस्यहरु अमृता थापा मगर, यशोदा सुवेदी, प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङ लगायतले पार्टीलाई एकतावद्ध बनाउँदै निर्वाचनमा सहभागी हुुनुपर्नेमा जोड दिए । माओवादीको केन्द«ीय समितिमा गण्डकी प्रदेशबाट ४५ जना सदस्य छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितको उद्धार, उपचार…





