बेन्जिमालाई प्लेयर अफ दि इयर अवार्ड


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित




स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले युइएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् ।

युइएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले बिहीबार बेन्जिमालाई अवार्ड प्रदान गरेको हो ।

बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

महिलातर्फको प्लेयर अफ दि इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले हात पारिन् ।

पुरुषको ‘कोच अफ दि इयरको अवार्ड’ रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जिते ।

एन्सेलोटीले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र लिभरपुलका योर्गेन क्लोपलाई पछि पारे ।

एन्सेलोटीले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए ।

महिलातर्फको ‘कोच अफ दि इयर’को अवार्ड सरिना विग्मानले जितिन् ।

इटालीका पूर्व खेलाडी तथा प्रशिक्षक एरिगो साच्चीले युइएफए प्रेसिडेन्ट अवार्ड प्राप्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।