संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुन: हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन् ।
उनले भनेका छन्, ‘इथियोपियामा बढेको हिंसाले मलाई निकै दु:खी तुल्याएको छ, म स्तब्ध भएको छु । गिरे, अमराह, ओरोमस, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, यहाँ थप हिंसा भड्किएको छ यसले मलाई स्तब्ध बनाएको छ ।’
उनले यहाँका विद्रोहीहरु र सरकारका बीचमा जतिसक्दो चाँडो शान्तिवार्ताका लागि पनि जोड दिएका छन् । तर, वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा यहाँका विद्रोहीहरु नरहेका अधिकारीहरुले जनाएका छन् ।
इथियोपियामा हिंसा गरिरहेका टिगरे पिपुल्स लिबरेसन फन्ट, टीपीएलएफले यहाँ केही वर्षयतादेखि हिंसा मच्चाइरहेको छ ।
उनीहरुको सशस्त्र विद्रोहमा परेर कैयौँ नागरिकको ज्यान पनि गएको छ । संयुक्त राष्ट्रसंघले पटक पटक यहाँ शान्ति स्थापनाका लागि सरकार र टीपीएलएफका बीचमा वार्ता गर्न आग्रह पनि गरिरहेको छ ।
केही दिनयतादेखि यहाँको सरकारले वार्ताका लागि गरेको आग्रहलाई बुधबार सो विद्रोही समूहले अस्वीकृत गरेको छ । उता संयुक्त राष्ट्रसंघले भने शान्तिवार्तामा जोड दिँदै आएको छ । किनभने टिगरेलगायतका यहाँका कतिपय स्थानमा जारी रहेको हिंसाका कारण मानवीय सहायता लिएर गएका सहायताकर्मीलाई पनि सहायता बाँड्न दिएका छैनन् ।
संयुक्त राष्टसंघका कैयौँ कर्मचारी यहाँका विद्रोहीहरुले नियन्त्रणमा लिने र खाद्यान्नलगायतका सहायता सामग्री पनि लुट्ने गरेका छन् ।
रासस/सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






