पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड मा.वि.मा तिज गित प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु बिच भएको प्रतियोगितामा सामाजिक विसंगति तथा विभिन्न समसामयिक विषय वस्तुहरुमा गित प्रस्तुत गरेका थिए ।
प्रतियोगिता कक्षा चार देखि पाँच र कक्षा छ देखि दश सम्म गरि दुई भागमा निर्णय गरिएको थियो जसमा कक्षा चार देखि पाँच सम्ममा कक्षा चार सि र कक्षा चार ए प्रथम तथा कक्षा पाँच बि , कक्षा पाँच सि क्रमश द्धितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् भने कक्षा छ देखि दश सम्ममा कक्षा आठ ए र बि प्रथम तथा कक्षा नौ ए, बि द्धितीय कक्षा सात सि , कक्षा ६ सि क्रमश तृतीय स्थान हासिल गर्न सफल भएको निर्णायक संयोजक सुस्मा पौडेलले जानकारी दिनुभएको छ । तिज गित प्रतियोगिता समापन भए सँगै दर खुवाउने कार्यक्रम समेत विद्यालयमा गरिएको थियो ।
यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो संस्कृती धर्म अनि संस्कारको बारेमा समेता जानकारी दिन सजिलो हुने विद्यालयका संयोजक विकाश लामिछानेले बताए ।
विद्यालयकी शिक्षिका योग कुमारी जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका सबिता ढुङ्गानाले र कार्यक्रमको संचालन ओसियन गुरुङ्गले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







