शुभकामना आमा समुहको अध्यक्षमा कोकीला


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित




पोखरा । शुभकामना आमा समुह पोखरा १७ को २० औं साधारण सभा एवम् १० अधिवेशनले कोकीला श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नया कार्य समिति चयन गरेको छ ।

दुई बर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा अञ्जु गुरुङ, सचिवमा मिना द्धारे खाँण, सहसचिवमा सिर्जना खनाल, कोषाध्यक्षमा गंगा कुँवर सर्वसम्मत निर्वाचित भएका हुन् ।

सो समितिको सदस्यहरुमा मिठु द्धारे खाँण, टिकादेवी पौडेल सुवेदी,प्रमिला कुमारी शर्मा,लेस्ली ठुसाजु,शारदा थापा, निरमाया क्षेत्री, मिनाकुमारी गुरुङ, कमला सुनार रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.१७ का वडाअध्यक्ष राधिका शाही योगीले उद्घाटन गर्दै आमा समुहको माध्येमवाट महिलाहरु नेतृत्व विकास गर्दैै उत्पादनसंग जोडिनु पर्नेमा जोड दिए ।

घरघरमा उत्पादन हुने फोहोरलाई वर्गिकरण गरेर जैविक मल उत्पादन गरि मोहरमा परिणत गर्नुपर्ने बताउँदै उनले यसमा आमाहरुको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त बताए । महिलाहरुको महान पर्व हरितालिका तीजको आवसरमा आमाहरुले शुभकामना आदान प्रदान गर्दै सामूहिक दर समेत खाएको उक्त कार्यक्रमा समुहमा आवद्ध एक दर्जन जेष्ठनागरिकलाई सम्मानपत्र र खाँदाले सम्मान गरिएको थियो ।

समुहकी कोषाध्यक्ष मिना द्धारे खाँणले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा समुहका संस्थापक अध्यक्ष सिद्धिकुमारी गुरुङले समुहको सहयोगार्थ पाँच हजार रुपैया आर्थिक सहयोग गरेका थिए ।

समुहकी अध्यक्ष हिरादेवी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा म्यूजियम मार्ग टोलसुधार समितिका अध्यक्ष हरि बास्तोला, समाजसेवी विष्णुबहादुर द्धारे खाँण, लिलामहादुर जिसी, नारायण श्रेष्ठ, हिमालय बोर्डिङका पिन्सिपल डा. टेकनारायण पौडेल, समुहका पूर्व अध्यक्ष पार्वती खड्का, विचित्रा भुजेल, सचिव रञ्जिता सुवेदी लगायतले आमा समुहको महत्व र समाजमा पु¥याउँदै आयोएको योगदानका बारेमा चर्चा गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।