पोखरा । लिटिल स्टेप माध्यामिक विद्यालयमा कक्षा ११ का विद्यार्थीलाई स्वागत र अभिमुखिकरण कार्यक्रम गरिएको छ । संस्थाका संस्थापक प्राचार्य पम्फा गुरुङ्गको अध्यक्षतामा तथा संस्थाका संस्थापक अध्यक्ष शेर बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका सल्लाहकार समितिका सदस्य भिमनाथ बराल र संस्थाका कार्यकारी निर्देशक राज कुमार गुरुङ्गको विशेष आतिथ्यता रहेको थियो ।
विद्यार्थी, अभिभावक, शिक्षक सम्मिलित उक्त कार्यक्रममा कक्षा १२ का छात्र छात्राहरुबाट एकल र सामूहीक नृत्य ÷गायन पस्तुत भएको थियो । कार्यक्रममा संस्थापक गुरुङले विगत ४० वर्ष देखि सिमलचौर ८ पोखरामा संचालित यस विद्यालयको स्थापनाकाल देखि हाल सम्मको गतिविधि बारे प्रकाश पारेका थिए ।
विद्यालयका प्रमुख अच्युत पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका संयोजक विनोद गिरिले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







