नीति प्रेसको खुल्ला तीज गीत प्रतियोगितामा उद्यमशील महिला समूह हेमजा प्रथम


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित




पोखरा, भदौ १२

निति प्रेस मिडिया प्रालिले आयोजना गरेको खुल्ला गीत प्रतियोगितामा पोखरा–२५ हेमजाले प्रथम स्थान हाँसिल गरेको छ । नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसरमा नीति प्रेसले आयोजना गरेको वाई.यु.के.सुपरमार्केट प्रथम खुल्ला तीज गीत प्रतियोगिता–२०७९ मा उद्यमशील महिला समूह प्रथम भएको हो । प्रथम भएको सो समूहले नगद ३० हजारसहित प्रमाणपत्र प्राप्त ग¥यो ।

‘कला, संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ पोखरा–१८ फेवाताल किनारस्थित वाई.यु.के.सुपरमार्केटको प्राङ्गणमा शनिबार आयोजित प्रतियोगितामा पोखरा–२ को सक्षम अभियान नेपालले द्वितीय स्थान हाँसिल ग¥यो । द्वितीय स्थान प्राप्त गरेको सक्षम अभियानले नगद २० हजारसहित प्रमाणपत्र प्राप्त ग¥यो ।

त्यस्तै, प्रतियोगितामा पोखरा–७ को महिला क्लव पोखराले तृतीय स्थान हाँसिल गर्दै नगद १० हजार प्राप्त ग¥यो ।

प्रतियोगितामा सहनशील आमा समूले (उत्कृष्ट लय), सांस्कृतिक आमा समूहले (उत्कृष्ट भेषभुषा) र समृद्धि महिला समूहले (उत्कृष्ट नृत्य)को उपाधि जिते । त्यस्तै, असहाय बालबालिका आश्रित बालकल्याण संस्था, दृष्टिविहीनहरुको अमरसिंह दिदीबहिनी समूहले सान्त्वना स्वरुप नगद २÷२ हजार प्राप्त गरे ।

वाई.यु.के.सुपरमार्केटका सञ्चालक तथा युवा व्यवसायी युवराज खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल टुर्स एण्ड ट्राभल्स एशोसियन (नाट्टा) गण्डकी प्रदेशकी महासचिव संगीता पौडेलले उद्घाटन गरेकी थिईन् ।

कार्यक्रमको उद्घाटनको अवसरमा बोल्दै युवा व्यवसायी खतिवडाले प्रतियोगितालाई आगामी दिनमापनि निरन्तरता दिने बताए । उनले आगामी वर्ष राशीपनि वृद्धि गरेर पोखराकै सर्वाधिक राशीको प्रतियोगिता बनाउने र सहभागि सबैलाई खाली हात नफर्किने गरी पुरस्कार राखिने बताए ।

नीति प्रेस मिडिया प्रालिका प्रमुख कार्यकारी निर्देशक माधव पोखरेलले संस्कृति संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि तीज गीत प्रतियोगिता आयोजना गरिएको बताए । ‘बढ्दो आधुनिकीकरण तथा विदेशी कला, संस्कृति, रितिरिवाज, चालचलने गर्दा हाम्रो मौलिक रितिरिवाज तथा कला संस्कृति ओझेलमा पर्ला भन्ने चिन्ता भो । त्यहि भएर कला र संस्कृतिको संरक्षण गर्दै पर्यटनमा सघाउ पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौं’–उनले भने ।

वाई.यु.के.सुपरमार्केटको मुख्य प्रायोजन, कायो डट वाईक, मुनाल ड्राईभिङ र शुभ यात्रा ड्राइभिङ सह–प्रायोजक रहेको प्रतियोगितामा प्रथम पुरस्कार प्रायोजक पोखरा–१४ निवासी दुर्गाबहादुर भट्टराई, द्वितीय पुरस्कार प्रायोजक जोय मिनरल वाटर , तृतीय पुरस्कार प्रायोजक सिभिल बैंकले गरेको प्रतियोगिता संयोजक गणेश लम्सालले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताको प्रवद्र्धकमा पोखरा महानगरपालिका वडा नम्बर–१८ र अन्नपूर्ण केवलकार, एजुकेसनल पार्टनरमा टाईम्स एजुकेसनल, यातायातमा जिरो प्वाईन्ट टुर्स एण्ड ट्राभल्स पोखरा–८ नागढुंगा, बैंकिङ पार्टनरमा ज्योति विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंक तथा हस्पिटल पार्टनरमा दीर्घायु हस्पिटल रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।