आईटिएफ तेक्वान्दो तर्फ तनहुँमा जिल्ला स्तरीय खेलाडी छनोट


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०७९ मा प्रकाशित




पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आईटिएफ तेक्वान्दोको तनहुँको जिल्ला स्तरीय खेलाडी छनोट सम्पन्न भएको छ ।

राष्ट्रिय खेल्कुद परिषद द्वारा असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउनका लागि तनहु जिल्लाबाट १४ जना पुरुष र ११ जना महिला गरि जम्मा २५ जना खेलाडी छनोट गरिएको आईटिएफ तेक्वान्दो जिल्ला अध्यक्ष आकाशचन्द्र घर्तीमगरले जानकारी दिएका हुन् ।

छनौट हुनेमा पुरुष तर्फ दिपेश मगर , आशिष् थापा , युनिक गुरुङ्ग ,सन्दिप गुरुङ्ग , झलक घर्तीमगर , एद्रील मल्ल , सोम बहादुर गुरुङ्ग ,पन्कज थापा ,अभियान थापा , अनिश थापा ,बिबश तामाङ , गोपाल चन्द , भिम अधिकारी र सुबाश रन्तिजा रहेका छन् भने महिला तर्फ मोनिका कुवर , मनिशा केसि , आइशा घले , पेमा थापा श्रेष्ठ , बन्दना तामाङ , करुना थापा , बिपिका रोका , अमृता परियार , दिबिशा श्रेष्ठ र बिस्मिता गैरे छनोट भएका छन् ।

छनौट भएका सबै खेलाडीहरु २०७९ भाद्र १५ देखि १८ गते सम्म पोखरामा संचालन हुन लागि रहेको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा तनहु जिल्लाबाट प्रतिनिधित्व गर्दै सहभागी हुने छन ।

भिमाद नगरपालिकाका उप मेयर शारदा खनालको प्रमुख आतिथ्यतामा भएको छनौट प्रतियोगिता नगरपालिका स्थित रङशालामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।