मौलिक जरोकिलो पार्टी गण्डकी प्रदेशको अध्यक्षमा हरि नेपाल चयन भएका छन्।
पार्टीको दोस्रो अधिवेशनले नेपाललाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेको हो।
तनहुँको आबुखैरेनीमा शनिबार भएको अधिवेशनले नेपालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो।
प्रदेश उपाध्यक्षमा टोलराज वाग्ले, महासचिव भरत गिरी, सचिव पद्मा राना, कोषाध्यक्ष जगन्नाथ वाग्ले र सदस्यमा सन्त देवकोटा र चिजकुमार श्रेष्ठ छन्।
कार्यक्रममा पार्टी प्रवक्ता प्रकाश श्रेष्ठ, केन्द्रीय समिति सदस्यहरु दिलबहादुर क्षत्री, मदन पौडेल र कमल न्यौपानेले बोलेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १२ पोखरामा बाढी पीडितको शव व्यवस्थापन गर्न सकस भएको…





