एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ ।
दुबईमा भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो।
पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्न सफल बन्यो। भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रन बनाए।
यस्तै, हार्दिक पाण्डेयले अविजित रहँदै ३३ रन बनाए। पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो।
पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । भारत एसिया कप क्रिकेटको ७ पटकको च्याम्पियन हो भने पाकिस्तानले २ पटक उपाधि जितेको छ। प्रतियोगितामा ६ टोली सहभागी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







