तनहुँमा बस दुर्घटना हुँदा १५ जना कर्मचारी घाइते भएका छन्।
पृथ्वीराज मार्गमा पर्ने दमौलीबाट पोखरा जाँदै गरेको ग १ ख ४०२३ नम्बरका कर्मचारी बोकेको बस सोमबार साँझ ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा दुर्घटना हुँदा सो संख्यामा घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिएका छन्।
दुर्घटनामा स्याङजाको चापकोट–२ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–७ बस्ने जिल्ला प्रशासनमा खरिदारमा कार्यरत २६ वर्षीय विवश आचार्य, शुक्लागण्डकी ६ बस्ने नेपाल टेलिकम तनहुँका चालक ३८ वर्षीय पवन कुमाल, सोही ठाउँ बस्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ३७ वर्षीय हरिता श्रेष्ठ सख्त घाइते भएका छन्।
यसैगरी, सख्त घाइते हुनेहरुमा भिमाद नगरपालिका–२ बस्ने जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी २५ वर्षीय रुपा थापा, पोखरा महानगरपालिका –५ बस्ने जिल्ला प्रशासन कार्यालय तनहुँका खरिदार ३९ वर्षीय प्रेमकुमारी थापा, म्याग्दे गाउँपालिका –२ बस्ने ५८ वर्षीय अर्जुनसिंह घर्ती, पोखरा महानगरपालिका ३३ बस्ने ५५ वर्षीय जगन्नाथ आचार्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेको दमौलीस्थित रत्नहरी अस्पताल र गम्भीर घाइते हुनेहरुलाई थप उपचारका लागि पोखरा ल्याइएको छ। तनहुँमा कार्यरत कर्मचारीहरु चढेको उक्त बस ५ बजे मात्रै दमौलीबाट पोखरा गएको थियो।
तीव्र गतिमा गुडेको बस ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको प्रहरीको अनुमान छ। बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







