केन्यासँग नेपालको लज्जासपद हार


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित




केन्याविरुद्ध चौथो टी–२० खेलमा नेपालले लज्जासपद हार खेपेको छ।

जितमा लागि सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रनमा समेटियो।

कमजोर ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ४७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। नेपाललाई सस्तैमा समेट्न केन्याका रकिप पटेलले ३ विकेट लिए। भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले दुई÷दुई विकेट लिए।

यसअघि, नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनाएको थियो।

केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए। कोलिन्स अबुयाले २० र कप्तान शेम एन्गोचेले १३ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकको रन बनाउन सकेका थिएनन् ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए। आदिल अन्सारीले दुई तथा साहब आलम र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए। नेपालको यस हारसँगै पाँच खेलको सिरिज २–२ को बराबरी भएको छ। नेपाल यसअघि पहिलो खेलमा पाँच विकेट र तेस्रो खेलमा चार विकेटले विजयी बनेको थियो।

तेस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो। अब टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेल मंगलबार हुनेछ। त्यसपछि, दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।