आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ।
अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्रतियोगिताको ट्रफी नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो।
ट्रफीको प्रदर्शनी आज (मंगलबार)बाट गरिनेछ। ट्रफी आज सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पु¥याइनेछ।
बिहान ७ः३० बजे सगरमाथाको काखमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ। त्यस्तै ट्रफी बुधबार भक्तपुर दरबार स्क्वारमा ११ः३० बजेबाट प्रदर्शनीमा राखिने बताएको छ। ट्रफी टुरमा नेपालका पूर्व खेलाडी मेहबुब आलम सहभागी हुनेछन्।
क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो। यसअघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







