इराकको राजधानीमा भिडन्त, कम्तीमा २० जनाको मृत्यु


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित




इराकको राजधानी बग्दादमा भएको भिडन्तका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ।

शक्तिशाली धर्मगुरु मोक्तादा अल–साद्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेपछि बग्दादमा भिडन्त भएको हो।

धर्मगुरुका समर्थकहरू सरकारी भवनमा आक्रामक रूपमा प्रस्तुत भएका हुन्। यस्तै, उनीहरूले विपक्षी समूहसँग भिडन्त गरेका हुन्।

रात पर्दै गएपछि पनि मसिन गन तथा बिस्फोटको आवाज सुनिएको समाचार संस्थाहरुले जनाएका छन्।

सरकारी हेडक्वाटर तथा विदेशी दूतावासहरू निशानामा आएको र यो पछिल्लो केही वर्ष यताकै गम्भीर भिडन्त रहेको बताइएको छ।

भ्रष्ट संरचना तोड्न नसकेको भन्दै राजनीतिबाट सन्यास लिने बताएका साद्रले हिंसाको प्रयोगको भने निन्दा गरेका छन्। त्यसको विरोधमा भोक हडतालमा जाने उनले घोषणा गरेको सचारमा उल्लेख छ।

रोयटर्स


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।