इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले समाजिक कार्यका लागि १९ कठ्ठा जग्गा दान दिने घोषणा गरेका छन ।
इनरुवा नगरपालिका–५ बलहा देवेन्द्र चोकस्थित इनरुवा–दुहबी सडकखण्डमा रहेको सो जग्गा विभिन्न समाजिक कार्य प्रयोजनमा प्रयोग गर्ने गरी दान दिने जानकारी दिएका हुन ।
प्रमुख भण्डारीले आफ्ना पिता श्रीप्रसाद भण्डारी र माता धर्मशिला÷कृष्णमायाको सम्मानमा जमिन दान गर्न लागेको जानकारी दिए। आखाँ अस्पताल, आयुर्वेदिक अस्पताल र वृद्धाश्रम निर्माणका लागि जग्गा दिने तयारी गरेको उनले भनाइ छ ।
उक्त जग्गाको मूल्य करिब रु चार करोडभन्दा बढी रहेको बताइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






