डा तुलिका र सुमललाई डागर स्मृति पुरस्कार प्रदान


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७९ मा प्रकाशित




डागर स्मृति पुरस्कार २०७८ बाट डा. तुलिका दुवे र २०७९ बाट साहित्यकार सुमलकुमार गुरुङ पुरस्कृत भएका छन् ।

२०७८ सालको पुरस्कार कोरोनाका कारणले रोकिएकोमा २ वर्षको पुरस्कार एकै साथ अर्पण गरिएको हो ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले डा. तुलिका र साहित्यकार सुमलकुमारलाई दोसल्ला ओढाएर जनही १० हजार ५ सय नगदसहित सम्मानपत्र प्रदान गरे ।

डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष साहित्य र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई पुरस्कृत एवं सम्मानित गर्दै आएको हो ।

उक्त पुरस्कारबाट समाजसेवी विश्वमोहन गौचन, चन्द्रा गुरुङ, रामबहादुर पौडेल, सोनाम साङ्पो, गोविन्दराज पहारी, साहित्यसेवातर्फ आरएम डंगोल, भीम रानाभाट तथा संस्थातर्फ हिमाली सांस्कृतिक परिवार, मानवसेवा आश्रम लगायत दर्जन ज्यादा व्यक्ति तथा संस्था पुरस्कृत भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।