नेपालले आज केन्याविरुद्ध एकदिवसीय खेल्दै


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७९ मा प्रकाशित




नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेल्दै छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो पौने १ बजे सुरु हुनेछ ।

केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय श्रृंखलामा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय श्रृंखला समेत कब्जा गर्ने दाउमा छ । नेपालले यसअघि केन्याविरुद्धको ५ खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला ३–२ ले जितेको थियो । केन्या पनि नेपाललाई हराएर एकदिवसीय श्रृंखलामा विजयी सुरुआत गर्न चाहन्छ ।

केन्याविरुद्धको एकदिवसीय श्रृंखला नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् । सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन् । तीन १ दिवसीयमा दोस्रो खेल भोलि र र तेस्रो खेल भदौ २० गते हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।