सभामुख अधिकारी प्रतिनिधिसभाका लागि पर्वतबाट सिफारिस


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समिति वैठकबाट अधिकारी प्रतिनिधिसभामा सिफारिस भएका हुन् ।

बिहीबार सम्पन्न माओवादी केन्द्रको बैठकले अधिकारीसहित प्रतिनिधिसभामा अन्य चार जनाको नाम पनि सिफारिस गरेको छ । अधिकारी यसअघि प्रदेशसभा ‘क’ मा विजयी भएका हुन् । उनी बाम गठबन्धनको साझा उमेदवारका रुपमा कांग्रेसका नवराज गुरुङलाई पराजित गरी प्रदेशसभामा विजयी भएका थिए । प्रदेशसभामा उनी सुरुआत समयदेखि नै सभामुखका रुपमा कार्यरत छन् ।रासस

अधिकारीसँगै प्रतिनिधिसभामा माओवादी केन्द्रले केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, गुणाखर बस्याल, जयनारायण तिवारी र गङ्गा तिमिल्सिनालाई पनि सिफारिस गरेको छ । बस्याल संविधानसभा सदस्यसमेत हुनुहुन्छ । हमाल भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोदी गाउँपालिका अध्यक्षमा पराजित हुनुभएको थियो भने उहाँ दोस्रो संविधानसभाको निर्वाचनमा कास्की जिल्लाबाट उम्मेदवार बन्नुभएको थियो ।

यसैगरी प्रदेशसभा ‘क’ तर्फ सुदीप कुँवर, लोकराज आचार्य, लीला दवाडी, मीनराज केसी र विजय सापकोटाको नाम सिफारिस गरेको छ । प्रदेशसभा ‘ख’ तर्फ सविन गुरुङ, उमाकान्त भूर्तेल, गगन थापा, ऋषिराम भुसाल र प्रेम रानाको नाम सिफारिस गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।