एभरेस्टकर्मी श्रेष्ठ घरभाडा सरोकार समितिबाट सम्मानित


     एभरेस्ट आवाज    
     भाद्र १८ गते २०७९ मा प्रकाशित




पोखरा। एभरेस्टकर्मी सन्देश श्रेष्ठ नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीबाट सम्मानित भएका छन् ।

समितिको आज पोखरामा सम्पन्न १५ औँ साधारणसभा तथा पाँचौ अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा भूमिका खेलेको भन्दै उनलाई नगद रु १० हजार एक सय, दोसल्ला र प्रसंसापत्रबाट सम्मान गरिएको हो ।

नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष बलभद्र खनाल,घरभाडा सरोकार समिति कास्कीका अध्यक्ष कमल न्यौपाने लगायतले एभरेस्ट आवाज डटकमका कार्यकारी सम्पादक तथा एभरेस्ट एफएमका समाचार प्रमुख समेत रहेका पत्रकार श्रेष्ठलाई सम्मान गरेका हुन् ।

पत्रकार श्रेष्ठ विगत दुई दशकदेखी पोखरामा रहेर पत्रकारिता गर्दै आएका छन् । श्रेष्ठ नागरिक दैनिकमा पनि आवद्ध छन् । संस्थाले पोखरामा क्रियाशील एक जना पत्रकारलाई अधिवेशनका समयमा सम्मान गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।