पोखरा । आगामी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि बक्सिङ तर्फको छनौट प्रतियोगिता सम्मन्न भएको छ । आज भएको अन्तिम छनौट खेलमा विभिन्न तौल समुहमा महिला तथा पुरुष खेलाडी छनौट भएका हुन् ।
जस अन्तर्गत पुरुष तर्फ ४८ केजी तौल समुहमा दर्शन गुरुङ(कास्की),५१ तौल समुहमा विपिन गुरुङ ( तनहुँ ),५४ केजी तौल समुहमा उपाश गुरुङ ( नवलपुर ),५७ मा बुद्ध गुरुङ (गोरखा ),६० मा निश्चल गुरुङ (नवलपुर ),६३.५ केजी समुहमा सागर परियार (कास्की ),६७ मा सफल घर्तिमगर(नवलपुर ),७१ निशान गुरुङ( नवलपुर ) ,८६ मा किरण बिक ( नवलपुर ) र ९२ केजिमा ठुरा गुरुङ (कास्की) विजयी भएका छन् ।
त्यसै गरि महिला तर्फ ५० केजी तौल समुहमा सोनिया बरुवाल(कास्की ),५२ मा मोनिका राना (कास्की ),५४ मा एलिना गर्बुजा (म्यादी ) र ५४ तौल समुहमा रमिशा श्रेष्ठ (कास्की ) छनौट भएका छन् । प्रदेश स्तरमा छनौट भएको उक्त खेलाडीहरुले आगामी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







