युनिट्राभ गण्डकी प्रदेशको अध्यक्षमा शालिकराम तिमिल्सिना निर्वाचित भएका छन् ।
नेपाल ट्रेकिङ–ट्राभल्स, एयरलाइन्स, पुरातात्विक संस्कृति, कार्गो कुरियर, कर्मचारी मजदुर
युनियनहरुको छाता संस्थाको प्रथम अधिवेशनले तिमिल्सिनालाई निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाका उपाध्यक्षमा ववरसिंह दुलाल, सचिवमा रामकृष्ण तिमिल्सिना, कोषाध्यक्षमा अशोक पौडेल, सहसचिवमा कमलबहादुर कार्की छन् ।
यसैगरी, सदस्यहरुमा दुर्गाबहादुर नेपाली, शोभा सुनुवार, रमेश भुजेल, पदमप्रसाद पौडेल, धनकुमारी कुलुङ, लक्ष्मी मल्ल, लिला पुनमगर र सविता परियार छन् ।
कार्यक्रम शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं मजदूर नेता मिना गुरुङले देशको हरेक सवालमा मजदुरको योगदान महत्वपूर्ण भएको बताइन् ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेशका अध्यक्ष रुद्र खत्री, युनिट्राभका केन्द्रीय अध्यक्ष सुमनप्रसाद पराजुली, युनिट्राभ गण्डकी प्रदेशका अध्यक्ष विजय केसी, सचिव राजु तिमिल्सिना लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







