नेपाली राष्ट्रिय टोलीका गोलकीपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवद्र्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् ।
राखेपको ५९ औँ वार्षिकोत्सवको अवसरमा आज शनिवार आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो ।
विदेशी क्लबमा व्यावसायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्दाका किरण नेपाली फुटबल टोलीका कप्तानसमेत थिए । दुई हप्ताअघि मात्र किरण सम्मिलित माल्दिभ्सको माजियाले माल्दिभ्स लिग र एएफए कपको उपाधि जितेको थियो ।
यस्तै, गएको वर्ष जापानमा भएको पारा ओलम्पिकमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी पलेशाले मंसीरमा एसियन युथ पारा गेम्सको तेक्वान्दोमा स्वर्ण पदक जितेकी थिइन् । उनले ५७ केजीमुनि के ४४ तर्फ पहिलो स्थान प्राप्त गरेकी थिइन् ।
यस्तै, टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारु जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भए । जुनियर महिलामा उत्कृष्ट बनेकी इभानाले यसै वर्ष माल्दिभ्समा भएको दक्षिण एसियाली क्याडेड तथा जुनियर टेबल टेनिस प्रतियोगिताको क्याडेड गल्र्स टिम इभेन्ट्समा रजत पदक जितेकी थिइन् भने सुदीपले १२ औँ राष्ट्रपति रनिङ शिल्डमा राष्ट्रिय कीर्तिमान बनाएका थिए ।
राखेपले वार्षिकोत्सवको अवसरमा नेपाल ट्रायथोलन संघलाई उत्कृष्ट संघ घोषणा गरेको छ । त्यस्तै, राष्ट्रिय क्रिकेट टोली, राष्ट्रिय भलिबल टोलीलगायतलाई प्रायोजन गर्दै आएको केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ पनि सम्मानित भएको छ । द हिमालयन टाइम्सका खेलकुद ब्युरो प्रमुख महेश आचार्य र राससकी मुना कार्कीले खेलकुद पत्रकारको रूपमा सम्मान थापे ।
कार्यक्रममा खेलाडी, संघ, पालिका, कर्मचारी, प्रायोजकलगायतलाई पनि सम्मान गरिएको थियो । खेलाडीसहित १६ जना सम्मानित भएका थिए । त्यस्तै दीर्घ सेवा पदक र परिषद् सेवा पद गरी एक सय ४१ ज्ना राखेप कर्मचारी पनि विभूषित भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेप सदस्य सचिव टंकलाल घिसिङलगायतले खेलाडी, कर्मचारीलाई सम्मान र विभूषित गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







