हराउँदै गौराको मौलिकता


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित





दोधारा चाँदनी । गौरा पर्वको आफ्नै गरिमा र महिमा छ । यो पर्व डोटेली भाषिको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढी छ । पछिल्लो समय आधुनिकताका कारण गौराको मौलिकता हराउँदै गएको छ । खास गरेर गौरा भन्ने वित्तिकै महिलाले ब्रत बस्ने र दुबधागो लगाउनेसँग सम्बन्धित हुन्छ ।

अहिलेको पुस्ताले भने महत्वको ख्यालै नगरि केवल रमाइलोका लागि मात्रै गौरा मनाउने गरेका छन् । विभिन्न सङ्घ संस्थाले संस्कृतिको जर्गेना गर्नुपर्ने ठाउँमा गौराको मूल मर्ममाथि नै प्रहार हुने गरी महोत्सव भनेर देउडा आयोजना गर्न थालेका छन् ।

यसले गौराको मूल मर्ममाथि प्रहार हुन थालेको संस्कृतिविद् बताउँछन् । गौरा र देउडा फरक फरक विषयवस्तु रहेको गौरा महाकाव्यका लेखक दिलानन्द पन्तले बताए । गौरासँग जोडिएको ढुस्को, धुमारी, रामलिला र श्रीकृष्णलिला गायनको पनि छुट्टै विशेषता छ ।

तर धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गौराको सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्ने ठाउँमा विभिन्न सङ्घसंस्थाले नै गौरा महोत्सव भनेर देउडा कार्यक्रम गर्न नहुने मानसखण्डका जानकार आचार्य घनश्याम लेखक बताउनुहुन्छ । पछिल्लो सयम आनुधिकतासँगै गौरा मनाउने चलन पनि फेरिँदै गएको छ ।

गौरालाई देउडा खेल्ने पर्वको रुपमा मात्रै बुझिदिँदा समस्या भएको पाका पुस्ताको भनाइ छ । गौरा र देउडा नितान्त फरक विधा हुन् । गौरालाई देउडा पर्वकारुपमा बुझ्याँै भने यसको महत्व नै नरहने पाका पुस्ताको भनाइ छ ।

अहिले विभिन्न पाठ्यपुस्तकमा गौरालाई देउडा भनेर परिभाषित गरेको पाइन्छ । यसले गर्दा नयाँपुस्ताले गौरालाई केवल देउडाको रुपमा मात्र ग्रहण गर्ने खतरा उत्तिकै बढेको डोटेली लोकबार्ताका जानकार कविराज भट्टले बताए । परम्परागत रुपमा गौराको अध्ययन गर्दा यो सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने पर्व हो ।

विशेष गरेर नारी सम्मानका रुपमा मानिने यो पर्वमा यहाँका नारीहरुले आफूभन्दा ठूलाबाट आर्शिवाद लिने चलन छ । यसमा नारीलाई यज्ञोपवित ग्रहण गर्ने र वैदिक मन्त्र जप्ने अधिकार दिएको छ । गौरामा खेलिने, गाइने भाका र लय हराउन थालेको छ । त्यसैले डोटेली भाषिको पहिचान, संस्कार र संस्कृति हराउँदै गएको भट्टले बताए ।

गौरा पर्व के हो रु यसको महत्व के हो रु के कस्ता गीत, कस्तो लयमा गाइन्छन् वा नाचिन्छन् भन्ने कुराको अहिलेको नयाँ पिढीले वास्ता गरेको छैन भने पुरानो पुस्ताले गौरा पर्वको महत्व, महिमा र गरिमा यो हो भनेर नयाँ पुस्तालाई भन्न चुकेका कारण यसको मौलिकता हराउन थालेको छ । संस्कृति जगेर्नातर्फ लाग्न पाका पुस्ताको नयाँ पिढीलाई सुझाव छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।