गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित





कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच उक्त सेवाको शुभारम्भ गरिएको हो ।

पहिलो दिन दुई सुत्केरीले सेवा पाएको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए ।नगर उप–प्रमुख निलम लेखक जोशीले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको बताए ।

भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले नगरपालिकासँग एउटा मात्रै एम्बुलेन्स भएकाले महाकाली प्रादेशिक अस्पताल, नेपाल रेडक्रस सोसाइटी र परिवार नियोजन सङ्घसँग भाडामा एम्बुलेन्स लिने सम्झौता गरिएको बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।