गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले आइएसओ ९०००१: २०१५ प्राप्त गरेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार प्रतिष्ठानले प्राप्त गरेको आइएसओको सार्वजनिक गरेका हुन् ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (जीपीटीए) ले आइतबारदेखि पोखरामा सुरु गरेको प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीहरुक सेवाकालीन तालिमका अवसरमा मुख्यमन्त्रीले आइएसओ सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान अब्बल बन्दै गएको औंल्याए । प्रतिष्ठानको छुट्टै महत्व रहेको मुख्यमन्त्रीको भनाई थियो ।
आइएसओ प्रमाणपत्रले अरु प्रदेशको प्रतिष्ठानभन्दा गण्डकी अब्बल रहेको उनले दाबी गरे ।
यहाँ बनेको पाठ्यक्रम अन्य प्रदेशका प्रशिक्षण प्रतिष्ठानले प्रयोग गरेकाले शुरुआती समयमा नै फरक खालको क्षमता प्रदर्शन गर्न सफल भएको उनको दाबी थियो ।
प्रदेश सरकार केन्द्र सरकारसँगको अधिकारको लडाईंमा काम गरि रहेपनि प्रतिष्ठानले प्रदेशलाई चिनाउने काम गरेकामा उनले खुसी व्यक्त गरे । आगामी दिनमा अझै राम्रा काम गर्न मुख्यमन्त्री पोखरेलले आग्रह थियो ।
गण्डकीका प्रमुख सचिव रविलाल पन्थ र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेशलाई चिनाउने काममा प्रतिष्ठानले पुलको काम गरिरहेको उल्लेख गरे ।
प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले स्थापनाको ३१ महिनामा प्रदेश र स्थानीय सरकारको पुलका रूपमा काम गरेको बताए । विषेशगरी प्रतिष्ठानले प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिएको उनले जानकारी दिए ।
पहिलो वर्ष ४ हजार ९ सय २७ र दोस्रो वर्ष ६ हजार ८ सय ८७ जना कर्मचारी तथा जनप्रतिनिधि प्रशिक्षित भएको उनले बताए । सोही अवसरमा प्रतिष्ठानले अन्तरतहसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







