नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङलाई तनहुँबाट प्रदेशसभा छाडेर प्रतिनिधिसभामा सिफारिस गरिएको छ ।
तनहुँ जिल्ला क्षेत्र नं २ एमालेको क्षेत्रीय कमिटी गुरुङलाई प्रतिनिधिसभाबाट सोही निर्वाचन क्षेत्रका लागि सिफारिस गरेको हो ।
यसअघि, गण्डकी प्रदेशका मन्त्री समेत रहेका गुरुङ स्वयंले यसपालीको प्रतिनिधिसभाको निर्वाचनमा ईच्छा देखाएको तनहुँ एमाले श्रोतले बताएको छ । यसअघि, मुख्यमन्त्री बन्ने मोहसहित गुरुङ तनहुँको क्षेत्र नं २ (ख) बाट गण्डकी प्रदेशसभाका लागि निर्वाचित भएका थिए । तर, लमजुङका पृथ्वीसुब्बा मुख्यमन्त्री बनेपछि पृथ्वीसुब्बाकै मन्त्रीमण्डलमा किरण गण्डकी प्रदेशको आर्थिक मामिलामन्त्री बनेका थिए ।
तनहुँ–२ बाटै प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका गुरुङसँगै केदार सिग्देल र विष्णु पराजुली अधिकारी समेत सिफारिस गरिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





