बागलुङ–१ मा एमालेबाट संभावित ६ जनाको सिफारिस

- २ पुराना र ४ नयाँ संभावित उम्मेदवारलाई अवसर


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित




नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ बाट ६ जनालाई संभावित उमेदवारको रुपमा सिफारिस गरेको छ ।
आइतबारको बैठकले मनकुमारी केसी, ईन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्री राना, संजाल शर्मा र राम शर्मालाई संभावित उम्मेदवारका रुपमा छनोट गरेको हो । केसी र पाठक बहालवाला सांसद हुन् भने केसी समानुपातिक र पाठक प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

राना पनि गण्डकी प्रदेशसभा सदस्य हुन् । उनी समेत समानुपातिक सांसद भएकोले यो पटक दोहोरिन नपाउने सूचीमा छिन् । सापकोटा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सभाका सदस्य हुन् । उनी अघिल्लो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमालेले यसअघि प्रदेशसभाका लागि भने उमेदवार सिफारिस गरिसकेको छ ।

गत निर्वाचनमा समानुपातिक सांसद बनेकाहरु यो पटक समानुपातिकमा बस्न नपाउने प्रावधानपछि केसीले प्रत्यक्षमा नाम राखेकी हुन् ।

पार्टीले माथिल्लो तहमा सिफारिस गरेपछि उनीहरुमध्येबाट सांसद पदका लागि टिकट ल्याउने प्रावधान छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।