बागलुङ काँग्रेसबाट प्रतिनिधिसभा लागि २० जनाको नाम सिफारिस

- प्रतिनिधिसभा समानुपातिकतर्फ ४ र प्रदेशसभा–१ (क) को प्रत्यक्ष र समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित




आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङले प्रतिनिधि सभा र प्रदेश सभाका लागि संभावित उम्मेदवादहरु सिफारिस गरेको छ ।

नेपाली काँग्रेसले प्रतिनिधिसभा क्षेत्र नम्वर १ तर्फ १० जनाको नाम सिफारिस गरेको छ । त्यस्तै, प्रदेशसभा क्षेत्र नम्वर १ ‘क’ तर्फ १६ जनाको नाम सिफारिस गरेको बागलुङ काँग्रेस श्रोतले जनाएको छ ।

प्रतिनिधिसभातर्फ डिल्लीराम सुवेदी, भीम श्रीस, किरण पौडेल, मणिभद्र शर्मा कँडेल, चम्पादेवी खड्का, प्रकाश पौडेल, जगदिशचन्द्र उपाध्याय, दीपेन्द्रबहादुर थापा, चिरञ्जीवी गौतम र लक्ष्मीदेवी जिसी कार्कीको नाम सिफारिस गरेको छ ।

त्यसैगरी, क्षेत्र नम्वर २ प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरवबहादुर देउवा पत्नी डा. आरजु राणासहित १० जनाको संभावित नामहरु सिफारिस गरेको छ । उम्मेदवार सिफारिस हुनेमा जिल्ला सभापति जितबहादुर शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवी प्रकाश भट्टचन, दोर्णकुमार कुवँर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य र सिंहबहादुर राना छन् ।

समानुपातिकतर्फ तारानाथ पौडेल, तुलासिँह घर्ती, देवीप्रकाश भट्टचन र रेणुका काउचामगरलाई सिफारिस गरेको बागलुङ काँग्रेस श्रोतले बताएको छ । काँग्रेसले बागलुङ क्षेत्र नम्वर १ प्रदेशसभा ‘क’ तर्फ प्रत्यक्ष र समानुपातिक गरि १६ जनाको नाम सिफारिस गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।